Logo

खेलकुद

आइसीसी विश्वकप क्रिकेट : पाकिस्तानसँग न्युजिल्याण्ड २१ रनले पराजित


१८ कार्तिक २०८०, शनिबार  

23
Shares

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

न्युजिल्याण्डले दिएको ४०२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर २ सय रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यतिबेला पाकिस्तानका लागि बाबर अजामले ६६ रन र फखर जमानले १२६ रन बनाएर खेलिरहेका थिए।

वर्षाले खेल रोकिएपछि पाकिस्तान डिएलएस नियमअनुसार २१ रनले विजयी भएको हो । जितसँगै पाकिस्तानले पाँचौ स्थानमा रहँदै ८ खेलबाट ८ अंक जोडेको छ । नेटरनरेटमा अघि रहेको चौथो स्थानको न्युजिल्यान्डको पनि ८ अंक नै छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ५५ बजे