Logo

Breaking News 1

भुकम्प पीडितलाई सरकारले छुट्टायो १० करोड रुपैयाँ


१८ कार्तिक २०८०, शनिबार  

69
Shares

काठमाडौं। सरकारले भुकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५–५ करोड रुपैया पठाउने निर्णय गरेको हो ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो ।

सो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय गरेको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने जनाईएको छ। 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : १५ बजे