Logo

Breaking News 1

भूकम्प अपडेटः ६३ जनाको मृत्यु पुष्टि, ९७ जनाभन्दा बढी घाइते


१८ कार्तिक २०८०, शनिबार  

92
Shares

काठमाडौँ। शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ६३ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

कर्णाली प्रदेशका प्रहरी नायव उपरीक्षक (डिआइजी)भीमप्रसाद ढकालका अनुसार रुकुम पश्चिम र जाजरकोटमा गरी बिहान ६ बजेसम्ममा ६३ जनाको ज्यान गएको छ । ९७ जना घाइते भएको विवरण छ ।

घाइते र मृतकको संख्या प्राप्त विवरण भन्दा धेरै हुन सक्ने भन्दै उनले भने, ‘भूकम्पको केन्द्रविन्दु जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको छ । हालसम्म ९७ जना घाइते भएको र उनीहरुको प्रहरीले उद्दार गरेको छ ।’

मृतको संख्या बढ्न सक्ने ढकालले बताए । रुकुम पश्चिममा मात्रै बिहान ५ बजेसम्मको विवरण अनुसार ५३ जना घाइतेलाई अस्पतालमा लगिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

गएराती ११ बजेर ४७ मिनेटमा ६ः४ म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोटको रामिडाडा आसपास केन्द्रविदु भएर गएको भूकम्पले ठूलो मानविय भौतिक क्षति गरेकोे छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ४१ बजे