Logo

Breaking News 1

फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाँदै राष्ट्रपति पौडेल


१७ कार्तिक २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल तीन देशको भ्रमणमा जाने भएका छन्।

राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटाली भ्रमणमा जाने भएका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको तीन देशको भ्रमण कार्यक्रमलाई स्वीकृत गरिसकेको छ।

सुरूमा राष्ट्रपति पौडेल फ्रान्सको पेरिस जानेछन्। पेरिस पिस फोरममा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसपछि जर्मनी र इटालीको भ्रमण गर्ने कार्यक्रम छ।

राष्ट्रपति पौडेल कात्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : ०४ बजे