Logo

Breaking News 1

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का


१७ कार्तिक २०८०, शुक्रबार  

115
Shares

काठमाडौं। उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं–तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।

आगामी २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा नेपाली सेनाले सो आयोजनाको काम पूरा गर्नुपर्ने उनको भनाइ थियो ।

शुक्रबार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सो योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताए ।

देशकै प्रतिष्ठाकै विषय भएको सो आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । सो आयोजनाको समस्या तत्काल समाधान गरेर अघि बढन नेपाल सरकार तयार रहेको पनि पटक पटक दोहोर्‍याए ।

उनले सो आयोजनाको ठेकदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाई गर्नुपर्ने समेत बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ३ : १५ बजे