Logo

Breaking News 1

लक्ष्मी कोइरी खोइ ? भन्दै रबिले प्रश्न गरे पछि रामहरीले शिर निहुराएँ


१७ कार्तिक २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुइ नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ। 

केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाईरल भईरहेको हो ।

खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले गृह मन्त्री हुदाँ सो समितिका सभापति सांसद मात्रै हुदाँ रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् ।  

तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेबारी भन्दा बाहिर रहेका छन र खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको हो ।

‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइको पार्टी सरकारमा छ, सबैभन्दा ठुलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै ?’  उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए । जसलाई अहिले भाईरल बनाईएको छ ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : ५७ बजे