काठमाडौं । भारतमा जारी एकदीवसीय विश्वकप क्रिकेटमा भारतसँग श्रीलंकाले लज्जास्पद पराजय भोगेको छ ।
भारतले दिएको ३५८ रनको लक्ष्य पछ्याएको श्रीलंका ३०२ रनले पराजित भएको हो । श्रीलंकाले १९ दशमलव ४ ओभरमा पुरै विकेट गुमाएर ५५ रन मात्रै बनाउन सकेको हो । श्रीलंकाका ५ जना खेलाडी शुन्य रनमा आउट भने दुई खेलाडी एक रनमा आउट भए ।
यता भारतका लागि मोहम्मद सामीले विश्वकप क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको रेकर्ड कायम गरेका छन् । उनले ५ विकेट लिएका थिए ।
श्रीलंकालाई पराजित गरेसँगै भारत सेमिफाइनलमा पुगेको छ ।
प्रतिक्रिया