Logo

मुख्य समाचार

जब प्रहरीले फेला पारेकाे ९ लाख सम्बन्धित व्यापारीलाई बुझायाे



महाेत्तरी । प्याट्रोलिङ्गको क्रममा बर्दिवासमा प्रहरीले भेटाएको ९ लाख रुपैया  जिम्मा लगाईएको छ । अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पशलका संचालक जगदिश महतोको एकिन भएपछी  महतोलाई हस्तान्तरण गरिएको हो ।

उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडका, व्यवसायीहरु गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैया महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।

कसरी फेला परेको थियो ?

गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकवाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पशल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।

झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै संकास्पद नभएको अनुमान लगाएपछी सोही लौरोले ताने अनि खोलेर हेरे । खाेलेर हेरेका मात्र थिए, झोलाभरी पैसा नै पैसा देखेपछी उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।

यादवले केही स्थानियहरुको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही विलहरु पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैया रहेको एकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको बिषयमा निक्कै खैलावैला भयो । महतो किराना पसलको केही आधारहरु देखिए पछि स्थानियहरुले महतोलाई पनि जानकारी दिए ।

हप्तादिनसम्म महतोबाहेक दावी गर्न नआएपछी प्रहरीले उनकाे पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।

महतो भन्छन् : प्रहरी मेरा लागी भगवान जस्तै बने

पैसा हराएको थाहा पाएदेखी निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमान्दारिता माथी नतमस्तक भएको वताए ।

`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैंकमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उन्ले भने । पैसा यदि प्रहरीले बाहेक अरुले भेटाएको भए भेटन निक्कै मुस्किल पर्ने बताउदै उनले यो खुसियालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाईदिने घोषणा गरेका छन । २५ हजार वरावरको प्रहरीको लागि संरचना बनाईदिने महतोले बताए ।

ब्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् ।  प्रहरीले सर्वसाधारणको साथी मात्र हैन्र, गतिलो भरोसा हो भन्ने बिषयलाई प्रहरी जवानले देखाएको  जिम्मेवारीप्रतिको इमान्दारिताले प्रमाणित गरेको स्थानियहरुको तर्क छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ९ : ०३ बजे