Logo

मुख्य समाचार

आईसीसी विश्वकप क्रिकेट : दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै


१५ कार्तिक २०८०, बुधबार  

23
Shares

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड भिड्दै छन् । नेपाली समय अनुसार सवा २ बजे सुरु हुनेछ । यो खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण हुनेछ । दक्षिण अफ्रिका ६ मध्ये ५ जितसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने न्युजिल्याण्ड ४ जितसहित तेस्रो स्थानमा छ ।

एकदिवसीय विश्वकपमा दुई टोलीबीच हालसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले दुईमा जित निकालेको छ । दक्षिण अफ्रिकाले पछिल्लो ५ विश्वकपमा न्युजिल्याण्डसँग खेलेका सबै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ३४ बजे