Logo

मुख्य समाचार

रिगलविरुद्धको मुद्दा हेर्दाहेर्दैमा


१४ कार्तिक २०८०, मंगलबार  

23
Shares

काठमाडौं । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुने छ । 

सर्वोच्च अदालतमा मंगलबारको पेसीमा सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । 

चेतनको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई कैद मिनाहासहित रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध भारती शेर्पाले गत असोज २२ मा सर्वाेच्च रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ५ : ४३ बजे