Logo

Breaking News 1

भारतीय युवकले विद्यालयमै आएर कुटेका थिए पूर्वप्रेमिकालाई, प्रिन्सिपललाई आफ्नो प्रेमिका खोसेको भन्दै मार्ने धम्की


१४ कार्तिक २०८०, मंगलबार  

69
Shares

दाङ। बाराको कलैयाकी सृष्टी महतो (नाम परिवर्तन) आफ्नै मामाका छोरा मनोज गुप्ता (भारतीय नागरिक) सँग गहिरो प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टीले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् उनी ।

सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टीको अफेयर सुरू भयो । सृष्टीले छाडेपछि मनोज रन्थनिएका थिए । उनी पटक-पटक सृष्टीको विद्यालयमा जाने गर्थे । प्रिन्सिपल सर्राफले उनलाई यसरी बारम्बार आफ्नो विद्यालयमा नआउन दबाब दिए । तर, मनोज आउन छाडेनन् ।

प्रहरीका अनुसार एकदिन उनले पुर्वप्रेमिका सृष्टीलाई विद्यालयमै कुटपिटमात्रै गरेनन्, प्रिन्सिपल सर्राफलाई आफ्नो प्रेमिका खोसेको भन्दै मार्ने धम्की दिए । लफडा भएपछि रूपेशले पनि सृष्टीलाई जागिरबाट निकालिदिए । त्यसपिछ सृष्टी रूपेशसँग आगो भएकी थिइन् ।

अपराधिक मनोवृत्तिका मनोजले यसअघि दुईपटक सर्राफको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । एकपटक साउन १३ गते र अर्कोपटक भदौ २८ गते उनलाई कलैया गोली हान्न खोजिएको थियो । त्यसबेला सर्राफ भागेर जोगिएका थिए । यसरी हत्या प्रयास हुँदा पनि सर्राफले प्रहरीमा उजुरबाजुर गरेनन् । विवाहित भएकाले उनी आफूहरुको प्रेम सम्वन्ध सार्वजनिक हुने त्रासमा थिए ।

अर्कोतिर सृष्टी पनि आफूमाथि भारतीय नागरिकले कुटपिट गर्दा प्रहरीमा गइनन् । उनलाई पनि विवाहित पुरुषसँग प्रेममा रहेको विषय बाहिर आउने डर थियो । सृष्टी र मनोज अविवाहित हुन् ।

अन्ततः भारतीय सुटर प्रयोग गरी सोमबार दिनदहाडै गोली हानेर हत्या गरिदिए । हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले मनोजसहित ३ जना भारतीय, सृष्टी, र उनकी दिदीसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : १७ बजे