Logo

Breaking News 1

कम्बोडियाको टेलिकममा ३० अर्बको लगानी छ भनेपछि ओलीले दिए प्रसाईंलाई ‘भुस्याहा कुकुर’को संज्ञा


१३ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको भन्दै फैलाईएको भ्रमबारे निन्दा गरेका छन् ।

सोमबार एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित प्रदेश कमिटीको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो उक्त लगानीबारे प्रमाणित गर्न चूनौतीसमेत दिएका छन् ।

केहि दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्बको लगानी छ भन्दै विवादित मेडिकल व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनका अभियन्ता दुर्गां प्रसाईंले दाबी गरेका थिए । जसको अहिले चौतर्फी चासो उत्पन्न भएको छ । ओलीले आफ्नो उक्त लगानीबारे प्रमाणीत गर्नेलाई रकम थपेर पुरस्कार दिनेसमेत दाबी गरे ।

ओलीले आफूबारे हुँदै नभएको हल्ला फैलाएको भन्दै प्रसाईंलाई‘भुस्याहा कुकुर’ को संज्ञासमेत दिएका छन् । प्रसाईं एमालेका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । कुनैबेला ओलीलाई हजुरबाको साइनो लगाउने ओली संघीय निर्वाचन २०७९ मा झापा ३ बाट टिकट नपाएपछि एमाले परित्याग गरेर राजतन्त्र पक्षधरको आन्दोलनमा सक्रिय भएका थिए । एमालेको नीति विपरीत काम गरेपछि पार्टीबाट निष्कासीत भएको प्रसाईं त्यसपछि एमालेविरुद्ध खुलेरै मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ४ : ५८ बजे