काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लङ्घन गरेको अवस्थामा नागरिक एपको लाइसेन्स मान्य नहुने बताएको छ ।
सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै कार्यालयले चालक लाइसेन्स प्राप्त व्यक्ति हो वा होइन भन्ने कुराको जानकारीका लागि मात्र मान्य हुने र ट्राफिक नियम उल्लङ्घन र कारवाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने स्पष्ट पारेकाे छ ।
नागरिक एपले पनि सवारी चेकजाँचका क्रममा एपमा लिंक भएकाे लाइसेन्स देखाउँदा मान्य हुने जानकारी दिएको छ ।
प्रतिक्रिया