Logo

Breaking News 1

बाँकी ५० प्रतिशत सडक तिहारअघि मर्मत गर्छौँ : मन्त्री ज्वाला


१३ कार्तिक २०८०, सोमबार  

69
Shares

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाले बिगारेको सडक र खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार उनले आउँदो तिहारअघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने गरी काम भइरहेको बताएका हुन् ।

खासगरी दसैँ–तिहारका बेला सर्वसाधारण यात्रीको सडक सुरक्षा र सहज यातायातको व्यवस्थामा योपटक सरकारले निकै सावधानी अपनाएकाले गम्भीर दुर्घटना नभएको मन्त्री ज्वालाको भनाइ छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : ३० बजे