Logo

Breaking News 1

गोठमा लुकाएको भरुवा बन्दुकसहित कैलालीमा एकजना पक्राउ



कैलाली। धनगढी उपमहानगरपालिका-१३ का ४२ वर्षीय रामशरण रानालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गोठभित्र लुकाइराखेको अवस्थामा एकनाले भरुवा बन्दुक र गोलीको छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार  २ : ४१ बजे