Logo

मुख्य समाचार

काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु


३० आश्विन २०८०, मंगलबार  

46
Shares

काठमाडौं । काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । मंगलबार साँझ साढे ५ बजे पनौती नगरपालिका-१० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो ।

दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका(७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ । दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए ।

उनीहरूको उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको पौने ७ बजे मृत्यु भएको हो । प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : ५१ बजे