Logo

अर्थ

दोहोरो अंकले बढ्यो सेयर बजार


३० आश्विन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  साताको पहिलो दिन आइतबार साार्वजनिक विदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो । मंगलबार ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।  

मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ ।यसदिन व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।  

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ४ : ०४ बजे