Logo

Breaking News 1

इजरायल युद्धः थप दुई क्यानेडियनको मृत्यु भएको पुष्टि


३० आश्विन २०८०, मंगलबार  

46
Shares

टोरोन्टो। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको युद्ध जारी छ । 

इजरायलले अहिले गाजापट्टीको भुमीमा हवाई र जमिन दुवैतर्फवाट आक्रामण गरिरहेको छ । 

यसैबिच, क्यानडाका अधिकारीहरूले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा दुई क्यानेडियनको मृत्यु भएको पुष्टि गरेका छन ।

इजरायली–क्यानेडियन नेट्टा एपस्टेनलाई र उनको घरमा हमास लडाकुहरूले आक्रमण गर्दा मृत्यु भएको हो । 

टोरन्टोस्थित इजरायली वाणिज्य दूतावासका अनुसार उनले आफ्नो मंगेतरलाई गोली र ग्रेनेडबाट जोगाउँदै थिए, त्यहीबेला उनीहरुलाइ गाेली हानियाे र घटनास्थलमा नै उनीहरूकाे मृत्यु भएको हो ।
 

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : १७ बजे