Logo

मुख्य समाचार

विद्यालयको बस दुर्घटना, एक विद्यार्थीको मृत्यु



नेपालगन्ज । बाँकेको खजुरामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खजुरास्थित दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस सिमलघारी जाने क्रममा जेठीनालामा पल्टिएको हो ।

मृत्यु हुनेमा कक्षा ६ मा पढने १२ वर्षीय योसेप नेपाली रहेको प्रहरीले जनाएको छ । परीक्षा दिएका विद्यार्थी पुर्‍याउन उक्त बस सिमलघारी जाने क्रममा दुर्घटनामा परेको हो । बसमा ४० जना विद्यार्थी सवार थिए ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ८ : ५४ बजे