Logo

Breaking News 1

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडौंं।  राष्ट्रिय सभा बैठक अनिश्चितकालका लाागि स्थगित गरिएको छ । 

३० असोज मंगलबार दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अध्यक्षले अर्काे सूचनाद्वारा मिति र समयमा बस्नेगरी स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । 
 

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १ : १२ बजे