Logo

मुख्य समाचार

आजकाे विदेशी मुद्राकाे विनिमयदर, युराेकाे भाउ झन्डै १४० रूपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजनिक गरेको छ । जसअनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दरमा १६० रुपैयाँ तथा बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५३ रुपैयाँ कायम भएको छ भने युरोपियन युरो एकको खरिद दर १३९.७२ रुपैयाँ तथा बिक्री दर १४०.३५ रुपैयाँमा कारोबार हुनेछ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.४४ रुपैयाँ र बिक्री दर १६२.१७ रुपैयाँले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८३.६४ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०२ रुपैयाँ तथा क्यानेडियन डलर खरिद दर ९७.३१ तथा बिक्रीदर ९७।७६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।६० रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८।११ रुपैयाँ र बिक्री दर २८.२४ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : ५७ बजे