Logo

मुख्य समाचार

इजरायलको हवाई आक्रामणमा हमासका वरिष्ठ कमाण्डरको मृत्यु



तेलअबिब । इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ ।  इजरायलका अनुसार हवाई आक्रमण गरे  पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन् । 

इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ ।

गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो । यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : २६ बजे