Logo

Breaking News 1

कोशीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सोअघि सांसद्को सनाखत हुने



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनवाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको बिद्रोही पक्षधर केदार कार्की मध्ये कसलाई मुख्य मन्त्री नियुक्त गर्ने हो ? त्यसको आज छिनोफानो हुँदैछ । 

हिजो साँझ ५ बजेसम्म दुईजनाको दावेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरुको सनाखत गराउन लागेका छन् । बिहान ८ बजे देखी दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ती गर्ने उनको सचिवालयले जनाएको छ ।  

माओबादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका बिद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङबोले बुझाएको पत्रमा राखिएको आफनो समुहका सांसदहरुको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिबाद गर्दै आएको छ । सो समुहले आङबोले बुझाएको हस्ताक्षर नक्कली भएको भन्दै अस्विकार गर्दै आएको छ । 

सो आन्तरिक बिबादका कारण उत्पन्न परिस्थीतिका बारेमा परामर्श गरेर आज निर्णय लिने प्रदेश प्रमुख खापुङले जानकारी गराएका छन । जसअनुसार कोशीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : २४ बजे