Logo

Breaking News 1

कोशीबाट शेखरको ‘विद्रोह’ ले गठबन्धनमा तरङ्ग, केदारलाई ब्याक गराउन राष्ट्रपति र प्रधानमन्त्रीको फोन


२६ आश्विन २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। कोशीमा डा. शेखर कोइराला समूहले विद्रोह गरेपछि सत्ता गठबन्धनमा तरङ्ग पैदा भएको छ । माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने गठबन्धनको निर्णयलगत्तै शेखरनिकटका केदार कार्कीले कांग्रेसका ८ सांसदसहित एमालेसँगको समीकरणमा मुख्यमन्त्री दाबी गरेका छन् ।

कोशीमा शेखर पक्षको कदम रोक्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत फोन गरेका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले भने अहिलेसम्म कुरा गरेका छैनन् । देउवाले केदारलाई व्याक गराउन शेखरसँगको संवादमा ज्ञानेन्द्रबहादुर कार्कीलाई खटाएका छन् ।

पार्टीभित्र आफूलाई एक्ल्याएर कोशीमा मुख्यमन्त्री दिने निर्णय गरेपछि शेखरले एमालेसँग सहकार्य गरेका हुन् । कोशीका ९ सांसद शेखरको कित्तामा उभिएका छन् । केदार कार्कीलाई एमालेका ३९ सांसदले साथ दिएका छन् ।

राष्ट्रपति पौडेलले शेखरलाई बिहान फोन गरेर कोशी सरकार गठन प्रक्रियाबारे चासो राखेको एक नेताले बताए । तर, शेखरले पार्टी जोगाउन भन्दै कांग्रेसकै मुख्यमन्त्री बनाएर छाड्न अडान सुनाएको ती नेताले सुनाए।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १ : १६ बजे