Logo

Breaking News 1

राष्ट्रियसभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची


२६ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दै छ । संङघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९र८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।

रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संसोधन मस्यौदा समितित गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने तथा प्रकाश पन्थले अपाङ्गता भएका ब्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

शिक्षा, बिज्ञान तथा प्रविधीमन्त्री अशोककुमार राइले ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वबिधालय विधेयक २०८०’ बैठक समक्ष प्रस्तुत गर्नेछन् ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले ‘विधानय सम्बन्धी विधेयक २०८० लाइ दफावार छलफलका लागि बिधायन ब्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ३६ बजे