Logo

Breaking News 1

सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भाग्ने पक्राउ


२५ आश्विन २०८०, बिहिबार  

92
Shares

काठमाडौं । ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् । सुवास ललितपुर महानगरपालिका–१७, ग्वार्कोमा बस्दै आएका थिए ।

गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार थिए । सुवास पनि सोही ह्यान्डग्राफीमा कार्यरत कर्मचारी भएको महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

महाशाखाकै टोलीले सुवासलाई पक्राउ गरेको हो । उनी र अरुण पर्साको एकै स्थानका भएको प्रहरीले जनाएको छ । सुवासले पेट्रोल छर्केर आगो लगाउँदा अरुणसहित तीनजना घाइते भएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : ३३ बजे