Logo

मुख्य समाचार

इजरायलबाट फुटबलर सावित्रा नेपाल फर्किइन्


२५ आश्विन २०८०, बिहिबार  

115
Shares

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल सावित्रा भण्डारी साम्बा इजरायलबाट फर्किएकी छिन् । इजरायलमा शनिबारदेखि हमासविरुद्धको कारबाही जारी रहेका कारण उनी नेपाल फर्किएकी हुन् । व्यवसायिक फुटबल खेल्नका लागि इजरायलमा रहेकी सावित्रा त्यहाँ सवै फुटबल गतिविधि बन्द भएपछि नेपाल फर्किएकी हुन् ।

सावित्रा क्लब रानानामा आवद्ध छिन् । उनी आवद्ध भएको क्लबको क्षेत्रमा इजरायल र प्यालेस्टाइनबीचको युद्धको प्रभाव नभए पनि फुटबलकै गतिविधि ठप्प भएपछि नेपाल फर्किएकी हुन् ।

उनलाई अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको छ भने सबै गरेर २ हजार बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : १८ बजे