Logo

मुख्य समाचार

राजमार्गमा बाँदर अत्याधिक देखिएपछि दुर्घटनाको जोखिम बढ्याे


२५ आश्विन २०८०, बिहिबार  

69
Shares

महोत्तरी । तराईको पूर्वपश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाको खतरा बढेको छ । सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाको खतरा वढेको हो । खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बादरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन । तीव्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै बादरहरुको लास सडकमा अलपत्र देखिन थालेको छ । विशेषगरी महोत्तरीको बर्दिवास देखि सर्लाहीको लालबन्दी जाने सडकको विचका विभिन्न ठाउँमा बादरहरुले सडक नै जाम गर्ने गरेका छन् ।

यो विचमा सागरनाथ बन परियोजनादेखि सामुदायिक बन र साझेदारी बन रहेका छन्, त्यहाँ रहने बाँदरले खानाको खोजीमा राजमार्गमा निस्के पछि हैरानी बढेको छ । माइस्थान सामुदायिक बन, टुटेस्वर साझेदारी बन, बाँके मरहा साझेदारी बन, फुलजोर साझेदारी बनहरू यही राजमार्गमा जोडिएका कारण हैरानी बढेको स्थानीय रामप्रसाद सापकोटाले जानकारी दिए ।

डिभिजन वन कार्यालय महोत्तरीका अधिकृत भिमबिक्रम खडका यात्रुहरुको कारणले पनि बादरहरु सडकमा आउने गरेको बताउँछन् । यात्रुहरुले खाना सडकको छेउमा फ्याक्ने गर्छन र सोही खाना खानका लागी सडकमा उनीहरू आउने गर्दछन्,झ उनले भने । पछिल्लो समय वन अतिक्रमण, फडानी र तस्करीका कारण जंगलका बादरहरु बस्ती पस्न लागेको बनका कर्मचारीहरुको भनाई छ ।

यही अवस्था रहने हो भने सवारी दुर्घटना अधिक हुने जिल्ला ट्राफिक कार्यालयको समेत निष्कर्ष छ । जिल्ला ट्राफिक कार्यालय महोत्तरीका सुचना अधिकारी दिपेश रायका अनुसार पछिल्लो १ महिना भित्र यही राजमार्गमा ३ जनाको मृत्यु भएको छ भने ५२ वटा भन्दा बढी दुर्घटना भएका छन् । राजमार्गमा निस्केर सडक जाम गर्ने बादरहरुको विषयमा नसोच्ने हो भने मुख्य दुर्घटनाको कारक यही बन्ने यात्रुहरुले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : ५६ बजे