Logo

Breaking News 1

अहिले इजरायल नजान सरकारकाे आग्रह


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं। सरकारले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेको छ।

परराष्ट्र मन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक व्यक्तिगत र पार्टीगत रूपमा इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मंगलबार इजरायलमा रहेका नेपालीका अवस्थालगायत विषयमा जानकारी गराउँदै मन्त्री साउदले अहिले इजरायल भ्रमणमा नजान आग्रह गरेका हुन्।

मन्त्री साउदले अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरेका थिए।

हमासको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

मन्त्री साउदले बंकरमा आश्रय लिइरहेका ५५ जना विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सोमबार सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी गराएका छन्।

इजरायलमा रहेका नेपालीमध्ये दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन्। इजरायलमा चार हजार पाँच सय नेपाली कामदार छन्। २६५ विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : १८ बजे