Logo

Breaking News 1

मेरो भनाइ काँटछाँट गरी युट्युब र टिकटकमा राखियो- रघुजी पन्त


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आफूले इजरायलमा नेपाली विद्यार्थी मारिनु अघि बोलेका कतिपय बोली काँटछाँट गरी टिकटक र युट्युबबाट भ्रम उत्पन्न गराएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

सांसद पन्तले एक विज्ञप्ति जारी गर्दै ‘बेग्लै प्रश्नको उत्तर दिँदा बोलेका कुराहरूलाई काँटछाँट गरी गलत अर्थ लाग्ने गरी भिडिओ बनाएर प्रचार गर्नु आपत्तीजनक कार्य भएकाले यस्ता भिडिओहरू तत्काल हटाउन माग गरेका छन्।

उनले गलत भिडिओ बनाएर प्रचार गर्ने कार्य रोक्न समेत सम्बन्धित क्षेत्रले आवश्यक पाइला चाल्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले विज्ञप्तिमा सरकारले नेपालीहरूको परिवारलाई इजरायली सरकारबाट थप क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल थाल्नुपर्ने उल्लेख गरेका छन्।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ११ : ४५ बजे