Logo

Breaking News 1

कुशेमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु, एक गम्भीर


२३ आश्विन २०८०, मंगलबार  

23
Shares

सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीका वीरबहादुर सिंहका दुई छोरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।

घाइते ९ महिने  निर्जला सिंहको उपचारका लागि छेडागाड नगरपालिकाको थलहमा लैजाँदै गर्दा बाटोमै सोमबार बिहान ४ बजे मृत्यु भएको थियो भने अर्की ३ वर्षीया सुस्मिता सिंहको आइतबार बेलुकी ९ बजे नै मृत्यु भएको टालेगाउँ स्वास्थ्य चौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । ​गाइगोरु लिएर धाउनीस्थित खेतमा काम गर्न जाँदा अरिङ्गालको टोकेको थियो। 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ३२ बजे