Logo

Breaking News 1

इजरायल–प्यालेस्टिन द्वन्द्व : मृत्यु हुनेको संख्या १५ सय नाघ्यो


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ । 

इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको समाचार संस्था सीएनएनले जनाएको छ । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । 

इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्ने आदेश दिएका समाचारमा उल्लेख छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : ३१ बजे