Logo

Breaking News 1

सरकार तस्करबाट कमिसन तल्लिन बनेको ओलीको आरोप



धनगढी। नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सरकार तस्करबाट कमिसन खान तल्लीन भएको आरोप लगाएका छन् । ९ केजि सुनलाई दुई किलो देखाएको भन्दै उनले बाँकी ७ किलोमा सरकारले कमिसन खाएर छाडेको आरोप लगाए ।

सरकार तस्करलाई संरक्षण दिएर कमिसन खान तल्लिन रहेको र बाहिर भ्रष्ट्राचार अन्त्य गछौं भन्दै जनताको आँखामा छारो हाल्ने गरेको उनको भनाई छ । उनले एक क्वीन्टल सुन ६० किलो हुनुमा पनि सरकारको मिलोमतो रहेको बताए ।

सरकारले भ्रष्ट्राचारी र तस्करी गराएको अरोप लगाए । त्यही कारण एक क्वीन्टल सुन प्रकरणमा छानविन समिति बनाऔं भन्दा सरकारले एक महिना लगाएको बताए ।

ललिता निवास काण्डमा जमिन कब्जा गर्नेलाई नभई किन्नेलाई कारवाही गरेको भन्दै उनले ललिता निवास प्रकरणलाई नै कृत्य गर्न खोजिएको आरोप लगाए । 

जनता आर्थिक मन्दिको मार खेपि रहेको वेला प्रधानमन्त्री तृर्थ भ्रमण गर्न तल्लीन रहेको ओलीलेका आरोप छ । ‘कहीले गेरु बस्त्र धारी भएका छन्, महिले मानसरोवर घुमेका छन्,’ अध्यक्ष ओलीले भने, ‘जनता दिन प्रतिदिन समस्यामा परिरहेका छन्, सरकारले ती समस्या हेर्न पनि चाहेको छैन  ।’

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : ३७ बजे