Logo

Breaking News 1

शिक्षक महासंघ र निजी विद्यालयहरुसँग छलफल गरेर नै शिक्षा विधेयक संसदमा दर्ता गरिएको हो : शिक्षामन्त्री राई



काठमाडौँ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले निजी क्षेत्रका विद्यालय सञ्चालकहरुसँग छलफल गरेर नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गरिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा तयार पारिएको विधेयक संसदमा दर्ता गरिएको जानकारी गराए ।

दर्ता अगाडि ब्रिफिङ गर्दा बधाई पनि पाएको बताउँदै त्यसमा प्रष्टता पार्न भने कमजोरी भएको हुनसक्ने बताए । मन्त्री राईले विधेयक संसदमा दर्ता भइसकेको सन्र्दभमा आन्दोलनरत पक्षसँग सहमति गरेको अप्ठेरो परिस्थिति रहेको बताउँदै सो सहमति समावेश गर्न बिधेयक फिर्ता लिएर फेरी दर्ता गर्न सुझाव आएको तर त्यसो नगरिएको बताए ।

उनले आएका विचार, सुझाव र मागलाई संसदीय प्रक्रियामार्फत नै लैजाने निष्कर्षमा पुगेको र यही समझदारी बनाएको बताए । उनले शिक्षकहरुले उठाएका माग र सहमतिलाई संसदीय प्रक्रियामार्फत नै सामावेश गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : ३५ बजे