Logo

Breaking News 1

इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली सैनिक सुरक्षित रहेको सेनाको भनाइ 



काठमाडौं । इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णबहादुर भण्डारीले इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नभएको बताए ।

शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् । यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा पनि सातजना नेपाली घाइते भएका छन् ।

प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको कारबाहीमा सात नेपाली पनि घाइते भएको बताइएको छ ।


प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ४४ बजे