Logo

Breaking News 1

राष्ट्रपतिसँग प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीद्वयको अलग अलग भेटवार्ता 



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री पुष्पकमल  दाहालले भेटवार्ता गरेका छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभा तथा छिमेकी मित्र राष्ट्र चीनको भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री दाहालले शनिबार साँझ शीतलनिवासमा सो भेट गरेका हुन् ।

भेटमा प्रधानमन्त्री दाहालले आफनो दुवै भ्रमणबारे जानकारी गराएको जनाइएकाे छ । साे भेटमा मुलुकका अहिलेका समसामयिक विषयमा पनि छफलफल भएको थियो  ।

यसअघि राष्ट्रपति पौडेलसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आजै भेट गरी समसामयिक विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : १९ बजे