Logo

Breaking News 1

‘संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको छ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने प्रयत्न भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सिंहदरबारको अधिकार घरगाउँमा पुर्‍याउने उद्देश्यका साथ संघीय लोकतान्त्रिक व्यवस्था स्थापित गरिएको बताए ।

त्यसमाथि प्रश्न उठाउने प्रयत्न भइरहेको उनको भनाइ छ । स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट संघीयतामाथिको प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी रहेको उनले बताए ।

राज्यमाथि जनताको नियन्त्रण र निगरानी तथा हस्तक्षेप बढाउन सके संघीय लोकतान्त्रिक व्यवस्था बलियो हुने उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले संघीयतासम्बन्धी संविधानमा उल्लेख व्यवस्था पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा विभिन्न आशंका पैदा हुने अवस्था आएको बताए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : १६ बजे