Logo

Breaking News 1

नेपालबाट मनसुन बाहिरिन सुरु



काठमाडौं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हो । नेपालको बाँकी भू(भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : १० बजे