Logo

Breaking News 1

मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना


१९ आश्विन २०८०, शुक्रबार  

46
Shares

काठमाडाैं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको तथा माैसम पूर्वानसमान महाशाखाले जनाएकाे छ । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि माैसम सामान्यतया सफा रहेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : २१ बजे