Logo

Breaking News 1

एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी


१८ आश्विन २०८०, बिहिबार  

23
Shares

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा विजयी भएका हुन् ।

शर्माले ५३१ मत ल्याए भने अधिकारीले भने ३६५ मत मात्रै प्राप्त गरे । निर्वाचनमा अधिकांश शर्मा प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

उपाध्यक्षमा निलप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् । सचिवका उम्मेदवार धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी भए भने प्रतिस्पर्धी रश्मी आचार्यले ३६७ मत पाए ।

पराजित मायानाथ नेता खगराज अधिकारी समुहबाट प्यानल बनाएर उम्मेदवारी दिएका थिए भने शर्मा भने पृथ्वीसुब्बा गुरुङ समुहबाट नेतृत्वका लागि उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ११ : ४२ बजे