Logo

अर्थ

सेयर धितोमा अब अधिकतम कर्जा सीमा १५ करोड


१८ आश्विन २०८०, बिहिबार  

23
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रूपैयाँ पुर्‍याएको छ । बिहिबार परिपत्र गर्दै केन्द्रीय बैंकले अधिकतम १२ करोड रूपैयाँ रहेको सीमा बढाएर १५ करोड बनाएको हो ।

संस्थाले भने एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ। राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो ।

एक ग्राहकले एउटा बैंकबाट चार करोड र पूरै प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा पाउन सकिने व्यवस्था संशोधन हुनुपर्ने माग धेरै पहिलादेखि उठेको भएपनि केन्द्रीय बैंकले बिहिबार मात्रै परिपत्र गरेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ९ : ०७ बजे