Logo

अर्थ

माथिल्लो मैलुङ खोलाको आईपीओ खुल्याे


१८ आश्विन २०८०, बिहिबार  

46
Shares

काठमाडौं । माथिल्लो मैलुङ खोलाको बिहीबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ जारी गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५५ अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

यसैगरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आईपीओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आईपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले डिसेम्बर ९ २०२२ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ डिसेम्बर ८, २०२३ सम्म बाहल रहनेछ ।

कम्पनीले रसुवा जिल्लास्थित मैलुङ खेलाको पानी प्रयोग गरी १४।३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीले २०७९ पुस १५ गतेदेखि नियमित रुपमा विद्युतको व्यापारिक उत्पादन समेत सुरु गरेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न २०६९ साल ९ महिना २० गते पाएको थियो भने अनुमति २०७८ फागुन ९ गते अद्यावधिक भएको थियो । उक्त अनुमति २१०७ फागुन २६ गतेसम्म रहन्छ ।

आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ ९निर्माण अवधिको ब्याजसहित० रहेको छ । त्यस्तै, प्रतिमेगावाट अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७।७६ वर्ष छ भने आयोजनाको डिस्काउण्ट लगानी फिर्ता हुने अवधि १२।२९ वर्ष छ । एनपीभी ३० करोड ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । अपेक्षित प्रतिफलदर १७।१५ प्रतिशत रहेको छ ।

२०८० साल साउन १५ गतेसम्म यस आयोजनाको ९९५ काम सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । जसमा सिभिल निर्माण कार्य ९९।७६प्रतिशत, हाइड्रो मेकालिकल कार्य ९५.०९५, इलेक्ट्रोमेकानिकल कार्य ९६।५९प्रतिशत, १३२ केभि प्रसारण लाइन कार्य ९५।४५प्रतिशत र आधारभूत संरचनाहरुको १००प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ ।

माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई विद्युत गृहसँगै रहेको स्विचवार्डबाट करिव ११ कि।मि लामो १३२ की.भी क्षमताको सिङ्गल सर्किट विद्युत प्रसारण लाईन मार्फत नुवाकोट जिल्लाको किस्पाङ गाँउपालिका वडा नं ५ पहिरेबेशीमा अवस्थित नेपाल विद्युत प्राधिकरणको निर्माणाधीन त्रिशुली थ्री बी हब सवस्टेसनमा जोडिनेछ । नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्री बी हब सवस्टेशनसम्म पुर्याउनका लागि आयोजनाको स्वीचयार्ड देखि १३२ के।भि। सिङ्गल सर्किट प्रसारण लाइन करिब ११ किलो मिटर लामो विद्युत प्रसारण लाइन आयोजना निर्माण भइरहेको छ ।

हालसम्म उक्त विद्युत प्रसारण लाइन आयोजनाको २८ वटा टावरमध्ये २७ वटा टावरको जग निर्माण भई हाल सम्ममा २६ वटा टावर ठड्याउने कम सकिएको छ । उक्त आयोजना अन्तर्गतका बाँकी कामहरु नियमित रुपमा सञ्चालन भइरहेको कम्पनीको भनाइ छ । माथिल्लो मैलुङ खोलाको अधिकृत पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात् १ अर्ब रुपैयाँ पुग्नेछ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७० प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २५ प्रतिशत र आयोजनामा कार्यरत कर्मचारीको हिस्सा ५ प्रतिशत रहनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८२र८३ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने १ अर्ब रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ४९ लाख १६ हजार रुपैयाँ नाफा कमाउने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८१—८२ मा ८ करोड २२ लाख ८३ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । साथै, २०८२र८३ मा १० करोड ४ लाख ३२ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण रहेको छ ।यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ४९ पैसा र प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ८८ पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८२–८३ सम्ममा प्रतिसेयर आम्दानी १० रुपैयाँ ०४ पैसा हुने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २० पैसा हुने प्रक्षेपण छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ११ : २५ बजे