Logo

मुख्य समाचार

पुल्चोक इन्जिनियरिङ कलेजका प्राध्यापकहरुले गरे सामुहिक राजीनामा दिने निर्णय



काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुख लोकनाथ रेग्मीसहित प्राध्यापकहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

पछिल्लो केहीदिन यता क्याम्पस प्रशासन र स्ववियुबीच बढेको विवादका कारण उनीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको बताइएको छ ।

अहिलेको अवस्थामा क्याम्पस सञ्चालन गर्न आफूहरु असमर्थ भएको भन्दै सामूहिक राजीनामा दिने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ५७ बजे