Logo

मुख्य समाचार

लोसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्य कारिणी समितिको बैठक जारी छ ।

हिजोदेखि काठमाडौं, बुद्द नगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

गत असोज ८ गते केन्द्रिय कार्य समिति बिस्तार गरे पछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

समासमायिक राजनीतिक बिषयसहित संगठन बिस्तार र केन्द्रिय नेताहरुको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भईरहेको महासचिव केशव झाले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : २३ बजे