Logo

धर्म / संस्कृति

आजको राशिफल



आज मिति २०८० असोज १७ गते, बुधबार ४ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष पञ्चमी तिथि, ९ः०७ बजेपछि षष्ठी। रोहिणी नक्षत्र। चन्द्रराशि वृष।

मेष राशि

शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला।

बृष राशि

विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ।

मिथुन राशि

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ।

कर्कट राशि
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ।

सिंह राशि

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।

कन्या राशि

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।

तुला राशि

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

बृश्चिक राशि

काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

धनु राशि

प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

मकर राशि
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ।

कुम्भ राशि

परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्।

मीन राशि
कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ५ : ४८ बजे