Logo

मुख्य समाचार

९ किलो सुन तस्करी प्रकरणमा महरासँग सीआइवीले लियो वयान


१६ आश्विन २०८०, मंगलबार  

23
Shares

काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ ।

सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा बोलाएर महरासँग भेप प्रकरणमा वयान लिएको हो । सुन बरामद भएपछि महरा र उनका छोरा राहुलसहितका व्यक्ति सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको खुलेको थियो ।

अनुसन्धानका क्रममा महराका छोरा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : ३८ बजे