Logo

Breaking News 1

ओलीको प्रश्न : यो देशमा न्याय छ कि छैन ?


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गरेका छन् ।

उनले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाएका हुन् । उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए ।

उनले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको बताए । उनले यो देशमा न्याय छैन की यही हो न्याय रु भन्दै प्रश्न समेत गरे ।

उनले भने ‘आज ४ वर्ष नभईकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रूपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनमाथि एसिड छर्नेलाई, उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । सरकारले एसिड आक्रमण कर्तालाई छोडिसक्यो । अहिले उनी रोएर हिँडेकी छन् । सरकारले उनको उपचार गराइरहेको छैन । एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरू प्रबन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानुन ल्याइयो भनेर देशमा खुसीयाली मनाइयो । महिला जगत खुसी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभूति गरेका थिए । उनीहरूलाई सरकारले अस्ति छोडिदियो । मैले मिति बिर्सिएँ, फागुन एक गतेको उत्सवमा हो की संविधान दिवस भन्ने पारेर छोड्यो, त्यति यकिन भएन । अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई अहिले मुस्कान खातुनको पेटको छाला, तिघ्राको छाला निकालेर टाँस्नु परेको छ । आरामसँग चार वर्ष बाध्यतावश राख्यो । त्यसपछि एउटा निहुँ पारेर छोड्यो । यो देशमा कुनै न्याय हुँदैन । की न्याय भनेको यही हो रु अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ । सरकारले एउटा नियम बनाउँछ, यस्तो भइरहेको छ ।’

अध्यक्ष ओलीले कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  २ : ३५ बजे