Logo

Breaking News 1

प्रतिनिधि सभाको बैठकमा आज ओलीले सम्बोधन गर्ने


१६ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनमा सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजेदेखि सुरू हुने बैठकमा प्रमुख प्रतिपक्ष दलको धारणा राख्न लागि समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।

ओलीले सरकारको पछिल्लो गतिविधि, प्रधानमन्त्रीको विदेश भ्रमण, पछिल्ला समसामियक राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

शनिबार अमेरिका र चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले आइतबारको प्रतिनिधिसभाको बैठकमा भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए ।

आजको बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १२ : १२ बजे