Logo

मुख्य समाचार

एमाले गण्डकी प्रदेश अधिवेसन आजबाट, ओली पाेखरा पुग्दै



पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदै छ । सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा आई पुग्दै छन् । अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालकाे तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदै छु ।’

पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ । सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा आइपुगेका छन ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ५६ बजे