Logo

अर्थ

एनआईसी एसिया र एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको भोलि मंगलबार असोज १६ गते बुक क्लोज हुने भएको छ । यस आधारमा यी दुवै बैंकको लाभांश सुरक्षित गर्ने आज सोमबार असोज १५ गते अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

जसका लागि एनआइसी एसिया बैंकले दसैंको घटस्थापनाको दिन असोज २८ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले ३०।५२५ लाभांश वितरण प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट २९५ बोनस सेयर र कर प्रयोजनका लागि १।५२५ नगद गरी कुल ३०।५२५ लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । सभा प्रयोजनका लागि बैंकले असोज १६ गते मंगलबारदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, आज सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा, आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा असोज २८ गते बिहान ९ बजेबाट सुरु हुनेछ ।

उता, एभरेष्ट बैंकले पनि लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०५ बोनस सेयर र १०।५३५ नगद गरी कुल २०।५३५ लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, सोमबार असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ । यस्तै, संस्थापक समूहबाट सञ्चालक समितिमा चयन भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ५९ बजे